diteez
poems
Saturday, May 4, 2019
निरावरण
अरुको मनको अन्तर कुन्तर खोज्दै
विगतका पत्र पत्र केलाउँदै
अन्तरआत्मासम्म पुग्ने
उसको बानी
आज आफैंले ओढेको
आवरणका पत्र पत्र
एक एक गर्दै कसैले खोलिदिएर
उसलाई ऐना अगाडी
आफ्नो स्वरुप देखाउँदा
उ निःशब्द हुन्छे
No comments:
Post a Comment
Newer Post
Older Post
Home
View mobile version
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment