आकाश छ नीलो तर
धर्ती छ अँध्यारो
राप छ मरुभूमीको तर
लागेको छ कुहिरो
शीतल छ बतास तर
तनमा छ आगो
हिँड्दैछु जन्मभूमितिर
तर किन लाग्दैछ
म हराईरहेछु
एक पछि अर्को
पछि अर्को गर्दै
बितिरहेछन् यहाँ
दिन महिना वर्षहरु
मैले आँखा देखिन
घामको उज्यालोमा
मैले बाटो बिराएँ
सधैं हिँड्ने गोरेटोमा
म लड्खडाएँ
सुन्दर सीधा यो राजमार्गमा
बाधा अड्चन अवरोध
केही नभएको यो बाटो
पुग्न त मेरै आँगनमा पुग्छ
तर पनि मलाई थाहा छैन
यो बाटोले मलाई कहाँ लाँदैछ
कहाँ छ त्यो धर्तीको स्वर्ग
जसलाई म सपनामा देखिरहन्छु
एक पछि अर्को
पछि अर्को गर्दै
बितिरहेछन् यहाँ
दिन महिना वर्षहरु
No comments:
Post a Comment