Friday, March 13, 2026

युद्धको विभत्सता

हिजो युद्ध विभत्स थियो
एक अर्काको ज्यान लिन उद्दत
पुरुषहरु
रणभूमीमा उत्रिन्थे

आज समय यति विभत्स छ कि
हिजोको युद्ध
आदर्श जस्तो देखिन्छ

आज 'पुरुष' भनाउँदो
हजार पत्रे किल्लाभित्र बसेर
मात्र बोलीको भरमा
ताकीताकी
बच्चाहरुको ज्यान लिन्छ

No comments:

Post a Comment