Tuesday, October 15, 2019

सजिलाे

कति सजिलो छ यो संसारमा

विश्वास र अास्था गुमाउन 

 

जताजतै छ पीडा र दुःख

धोका र दुर्व्यवहार 

अनि यो सबमा रमाउने मानिसहरू 

 

बाल्यकालमा नै मानिसको

अात्मा मुर्झाउन सक्छ

 यो निर्दयी संसारमा


सजिलो छ संसारसँग हार्नु

निराश हुनु

र भन्नु

मैले जति राम्रो गरेपनि 

छै यो संसारमा केही अर्थ


सजिलो छ अविश्वास गर्नु

कुनै पनि सकारात्मकतालार्इ


अनि धेरै गाह्रो छ विश्वास गर्नु

प्रेममा

धेरै गाह्रो छ मनमा अाशा राख्नु

 

गाह्रो छ विश्वास गर्न

कि संसारमा निस्वार्थ प्रेम पनि हुन्छ

दुर्इ मानिसबीचको सम्बन्ध यस्तो

कि  त्यसले सास फेर्ने माैका दिन्छ

र दिन्छ यो संसारमा अघि बढ्ने सामर्थ्य

 

हो गाह्रो छ, तर

अविश्वािसको सजिलो बाटो हुँदाहुँदै

उही अप्ठ्यारो बाटो रोज्नु नै

अात्माको विजय हो

No comments:

Post a Comment