Saturday, December 14, 2019

बेहोशी

समय यति कठिन छ कि
होशले काम चल्दैन 
थोरै नशा चाहिएको छ

र समय यति कठिन छ कि
त्यो नशा पनि 
समय सीमामा बाँधिएको छ
मातलाई पनि
डेडलाइन तोकिएको छ

चाँडै होशमा आउ
बेहोशीलाई पनि
बहोश हुने छूट छैन यहाँ

No comments:

Post a Comment