Monday, March 16, 2020

ईच्छा

पाइसकेपछि कुनै पनि चाहना
पुरा भइसकेपछि कुनै पनि ईच्छा

किन लाग्छ पुरानो, श्रीहीन, बेकार

र नपाउञ्जेलको तृष्णा
किन लाग्छ हाँसउठ्दो

तर पनि किन लाग्छ ईच्छा
बारम्बार
किन हुन्छ मोह,
किन हुन्छ आशक्ति

शायद धेरै वर्षपछि
फर्केर हेर्दा लाग्छ होला मलाई

किन चाहें त्यो सानो,
कुनै महत्व नभएको चीजलाई
त्यति धेरै


किन तिम्रो मन दुखाएँ
त्यस नाचीजको नाममा

जबकी हाम्रो लामो यात्रामा
यो  घटना एक पल पनि रहँदैन
जीवनको विहंगम चित्रमा
यो एक रत्ती पनि छैन

शायद होईन,
पक्कै लाग्छ
एकदिन मलाई यस्तो

तर त्यो दिन धेरै टाढा छ प्रिय

र आज
यो नादानको आत्मामा
छैन त्यति धैर्य
छैन त्यति शक्ति
छैन त्यति ज्ञान

म चाहन्छु जे चाहन्छु
र त्यही नै चाहन्छु

नपाएमा
निकै नै रुनेछु
र तिमीसँग
धेरै धेरै दिन नबोल्नेछु

No comments:

Post a Comment