Wednesday, March 28, 2012

सुक्ष्म संदेश

म खाना खांदै छु.
होमवर्क गर्दै छु.

कस्तो अल्छी लाग्यो.
टिभी हेर्दै छु.
असिना पर्यो. 
कविता लेख्दै छु.
अब पल्टिनु पर्ला.
छटपटी भो, कोल्टे फेर्दैछु.

म निदाईसकें
भनेर पनि टेक्स्ट पठाउन पाए
कति रमाइलो हुन्थ्यो.


(अनि कहिले काँही
'तिम्रो सपना
देख्दैछु') 

4 comments:

  1. पठाऊ न त । जुक्ति सिकाइदिउँला नि ।
    अनि निदाएको बेला कस्ती देखिन्छ्यौ त्यो पनि हेर्न पायौ भने भन है ।

    ReplyDelete
    Replies
    1. continue sms ma reply na-auda text na-ayapani guess bhaihal6ni nidaiyo hola bhani.

      Delete
    2. खोइ के हो के हो ?
      रिसाएर नसुतीकन बसेकी पनि हुनसक्छिन् नि उनी !

      Delete
  2. Haha. Ho j pani huna sakchha :P

    ReplyDelete