Monday, July 1, 2019

रहस्यमयी सत्य, वा सत्यको रहस्य

कुहिरो र हुस्सुको बीचबाट
कसैको आकार ठम्याउन खोजेजस्तो

शान्त तलाउमा देखिएको
वसन्तमा फुलेको फूलको प्रतिबिम्ब जस्तो


टाढाबाट हेर्दा रंग अझै गाढा भएजस्तो

नजिक गएर छुँदा आकृति हराईहाल्ने

त्यसको सत्य थाहा पाउन
टाढैबाट हेर्नुपर्ने
तर पानीभित्र त्यो
आधी साँचो आधी छाँया जस्तो
त्यसको आकृति सधैं
पानीमा रंगिएको जस्तो


आधी जाने जस्तो लाग्ने
आधी कहिल्यै जानेर नसकिने


र जे छ जानेर नसकिने
जेलिएका ती धागाहरु 
फुकाउँदै नियाल्दै

जिन्दगी यदि बित्छ भने
बिताईदिन मन लाग्ने जस्तो

No comments:

Post a Comment