Thursday, November 8, 2012

मैले मन पराउन नसकेको मान्छे

कोशिश गरेपछि त 
ढुंगा पनि पग्लन्छ रे 
म त झन् एउटी 
साधारण नश्वर 

हरेक पल नया नया मान्छे संग बिताईएर 
छरीएर टुक्रिएको जिन्दगीलाई 
तिमीले जोड्ने जब कष्ट गर्यौ ,
मैले नै बिर्सिसकेका पललाई 
जब तिमीले सम्हालेर राख्यौ, 
बाटो हराएकी मलाई 
जब तिमीले डोर्यायौ, 
तिमी 
बन्यौ मेरो जिन्दगीलाई जोड्ने धागो 
तिमी  
बन्यौ मेरो आँसु पोख्ने भाँडो
तिमी 
नै थियौ मेरो संसार 

तर अलौकिक सुन्दरताले मोहनी लगाएको मेरो मन 
यो संसारमा कहाँ अडिन्थ्यो  र !

तिम्रै न्यानो मायाले नै 
मलाई हरेक रात मस्त निन्द्रामा पनि मुस्कान दियो,
तर पनि 
तिमी सधैँ रहयौ 
मैले मन पराउन नसकेको मान्छे 

मलाई थाहा छैन 
तिमीलाई मन नपाराउनु 
टेकेको धरती माथि अन्याय हो 
वा होइन 
तर यति कुरामा म ढुक्क छु,
गल्ती कबोल गर्नु भन्दा अगाडी नै 
तिमीले मलाई माफ गर्ने छौ


मैले मन पराएका मान्छेहरु 

No comments:

Post a Comment