Thursday, November 15, 2012

नज़र यति तृषित छन् कि

जन्म दिनमा तिमीले पठाएको फूल
म सम्म आइपुग्दा ओइलिसकेछ
भ्यालेन्टाइन डेमा पनि त
एउटा ख्यार ख्यारे फोन कलले चित्त बुझाउनु पर्यो
यो पाली नयाँ वर्षको संकल्प
अरु कसैको हात समातेर गरेछौ
र था छैन अब कति वर्ष
गरी रहने छौ 

आजकल त यादै हुन छोड़िसके
क्यालेन्डर का यी राता दिनहरु

जुन दिन तिमी फेरी
घाम झुल्के झैं देखा पर्ने छौ प्रिये,
अर्को वर्ष देखी
त्यो दिन क्यालेन्डर मा चढ्ने छ 

No comments:

Post a Comment