Saturday, December 8, 2018

समीप


देख्छु म तिमीलाई सपनामा
दिन पर दिन, दिन पर दिन

खुशी देखिन्छौ तिमी
शायद म त्यही देख्न चाहन्छु

र मबाट टाढा देखिन्छौ तिमी
कहिले छानिएको छायाँ मात्रै
त कहिले गुञ्जिरहेको आवाज मात्रै
तिम्रो न्यानो साथ, मेरो ईच्छा र चाहना
म बाट सधैं टाढा,
भौंतारिने मृगले खोज्ने बीना झैं
सधैं अप्राप्य, सधैं अलभ्य

शायद म यही भन्न चाहन्छु
शब्दमा उतारेर सकार्न चाहन्छु
र बिपनीमा दिनदिनै तर्काएर  
दिन पर दिन सपनामा देखिरहेछु

No comments:

Post a Comment