Saturday, May 4, 2019

विश्राम


हिउँदमा आफ्नो चीसो घर छोडेर
न्यानो खोज्दै
हजारौं मीलको यात्रामा हिंडेको
सानो चराले
घाममा रापिएर निसासिएर

एउटा घरको तातेको बार्दलीमा
राखेको शीतल पानीको भाँडा
बीच आकाशबाट देखेर

केहि छिनको लागि तल झरेर
पानीमा डुबुल्की मार्दै
छिटाहरु छर्दै
थोपा थोपा साँचेर
पानी पिए जस्तै

जिन्दगीको यात्रामा
केहि बेर सास फेर्छु

चराले हजारौं मील उड्नु
अझै बाँकी नै

जिन्दगी मेरो पनि सिङ्गै बाँकी नै

दुई घुट्कोले उडान भिजाउनु
दुई पलले जिन्दगी
सुवासित बनाउनु

No comments:

Post a Comment