Friday, June 28, 2019

ध्यान

मेरो अस्तित्व एक गहिरो ध्यान
सधैंभरी सुसाउँदै उभिएको
अग्लो रूख जस्तै
तिम्रो स्पर्शका शीतल बतासहरूको
प्रतीक्षामा
म हरासकें 
अहंको केही अर्थ छैन

थाहा छ टाढा भएपनि
नजीक छौ तिमी

**
फैलाउ आफ्नो अंगालो
आउन देउ मलाई
रम्न देउ मेर‍ो आत्मालाई
बिस्तारै त्यहाँ

जति गहिर‍‍ो तिमीमा डुब्दै जान्छु
त्यति चंगा जस्तै हलुका हुँदै जान्छु
चरा जस्तै आकाशमा उड्दै जान्छु

No comments:

Post a Comment