Friday, January 11, 2019

furies

आफ्नो  शहरका साँघुरा गल्लीहरु चहार्नु
साँघुरो ठाउँ र साँघुरा मनहरुबाट निसास्सिनु

र जानु धेरै टाढा स्वतन्त्रताको खोजीमा
अनि थाहा पाउनु कि तिम्रो नयाँ परीधि
त तिम्रो पुरानो शहर भन्दा पनि साँघुरो रहेछ

नयाँ शहर जति फराकिलो भए पनि
तिमी त तिम्रो मन भित्र नै बाँच्ने रहेछौ 

जति टाढा गएपनि मनलाई त साथै लान्छौ ?
आत्माको सोचाई र विगतका भोगाई कहाँ छाडी हिँड्छौ?

कछुवाले आफ्नो पिठ्युँमा आफ्नो घरै बोकेर हिँडे जस्तै
आफ्नो मनभित्रै आफ्नो संसार बोकिहिँड्ने मान्छे
दुनियादेखि अचम्म परेर कछुवा झैं लुकिहाल्ने मान्छे

जति टाढा गए पनि संसार त आफैंले बोकेर हिँडेकी छ्यौ
कहाँ खोज्छौ स्वतन्त्रता, कहाँ खोज्छौ उदारता
मन त तिम्रो संसारमै बाँधिराखेकी छ्यौ

No comments:

Post a Comment