Wednesday, September 25, 2019

हलुका भारी

शान्त समुद्रभित्र सल्बलार्इरहेका
जीवनहरू जस्तै
मनभित्र सधैं थिए यी भावना
तर अदृश्य, अपरिचित

कहिलेकाहिँ अचानक
एक झलक देखिन्छ
धेरैपछि बादल फाटेर
अाकाश खुलेझैं
र टाढाटाढाका पहाडहरू
स्पष्ट देखिएझैं

बादलले फेरी
छाेप्दै लुकाउँदै गर्दा
म सार्छु एक एक पाइला
अन्धकारमा 
र जति पाइला सार्छु
त्यति आफ्नै उज्यालाेले
देख्दै जान्छु

यो हो मेरो सपनाको संसार

मनभित्रकाे याे धर्ती देखिसक्न
शायद लाग्छ एक जुनी

तै पनि
लिएर हिँड्छु सधैं आफैंसँग
याे सिंगाे कल्पनाकाे संसार
रंगीबिरंगी यी चाहनाहरू

हेर्दा देखिन्छन् निकै भारी
तर लाग्छन् धेरै हलुका
बाेक्छु म खुशी खुशी

आज छाेड्दैछु तिम्रै दैलाेमा
चिन्छाै कि तिमीले भनेर

थाहा छ यहाँ छन् सुरक्षित
मेरा यी सपनाहरू

काँचकाे टुक्रा जस्तै
एक प्रहारमा भत्किने
धुवाँकाे रंगमा हराउँदै बिलाउने
नाजुक यी सपनालाई
हुन त म आफैं जोगाउँछु

तै पनि तिमीलाई दिंदैछु
विरानाे याे संसारमा
तिमीले बस्,
चिन्छौ कि भनेर
बुझ्छौ कि भनेेर

No comments:

Post a Comment