Monday, September 9, 2019

सुटकेस

सुटकेसमा दुई लुगा हालेर ठान्यौ
यत्ति हो जिन्दगी

कोठाभरी जरा गाडेर बसेको जिन्दगी
भित्तामा तस्वीर बनेर टाँसिएको
अलिकति टुक्राहरू बाथरूममा
साबुन र श्याम्पुको बोतलमा भरिएको
भान्सामा तिम्रो मन पर्ने भाँडामा
पाकेर छट्केर तिमीलाइ पर्खेर
बसिरहेको जिन्दगी

यत्रतत्र छरिएको जिन्दगी
तिमी सोच्छाै तिमी अटाइदिन्छमै
एउटा ठुलो २५ लिटरको झोलामा

जति ठुलो भए पनि कहाँ अटाउँछाै
बिहानै बार्दलीमा पोखिएको
सुनाैलो घाममा बाँच्ने जिन्दगी

No comments:

Post a Comment