Sunday, October 13, 2019

सपना

तिमीलार्इ सपनामा देखेर
मलाइ लाग्ला यो संसारले
मलार्इ केही सन्देश 
दिन खोजिरहेको छ

मलार्इ यो जगतका
बुझ्न सकिने र नसकिने
शक्तिहरूले भन्दैछन्
कि तिमी मेरै हो

मेरो यो सपना
कुनैदिन साँचो हुनेछ
भनेर पत्याउन पुगुँला म

तर मेरो जस्तो सपना त
तिमीलार्इ मन पराउने
सयाैंले देख्लान्

र तिमी छाै जम्मा एकजना

यो संसारले कसको सपना
पूरा गरिदेला त?

कसरी म विश्वास गराैं
अाफ्नै भावनामाथि
संसारले मलार्इ दिएका
संकेत र दिशानिर्देश माथि

जब मैेले सिकिसकें
भ्रममा फँसेका अाफ्ना
वरिपरीका मानिसबाट

म भन्न सक्छु मेरा सपना भ्रम हुन्
वा हुन् मेरो अवचेतन मनका
अव्यक्त चाहनाहरू

तर सपनालार्इ बिपना मान्नु
हुनेछ ठुलो धोका

थाहा छ मलार्इ

तर मेरो यो सपनाको संसार नै
अाज बनेको छ मीठो सत्य
मैले बनाएको सपनाको संसार
जहाँ छैन कुनै अपेक्षा
मात्र छ उनको असीमित प्रेम

No comments:

Post a Comment