Monday, September 7, 2020

हात

 पहाडको टुप्पोबाट

    झरनासँग खस्दै

चट्टानहरुसँग ठोक्किँदै

    लहरहरुले उफार्दै

भुमरीमा फँस्दै

    कहिले डुब्दै

कहिले निसासिँदै

    बेपरवाह बाढीमा

बग्दै गरेको मानिस

    म नै थिएँ


समाउने परालको 

    त्यान्द्रो पनि नहुँदा

तिमीे हात दिन्छाै भने

    म समाउने नै छु

फेरी पनि

    त्यो क्षण दोहोर्याउने 

माैका मिल्यो भने

    पटक पटक

हरेक पटक

    म तिम्रै

हात समाउने छु

No comments:

Post a Comment