Thursday, September 17, 2020

निकाला


आकाश छ नीलो तर

धर्ती छ अँध्यारो

राप छ मरुभूमीको तर

लागेको छ कुहिरो

शीतल छ बतास तर

तनमा छ आगो

 

हिँड्दैछु जन्मभूमितिर

तर किन लाग्दैछ

म हराईरहेछु

 

एक पछि अर्को

पछि अर्को गर्दै

बितिरहेछन् यहाँ

दिन महिना वर्षहरु

 

मैले आँखा देखिन

घामको उज्यालोमा

मैले बाटो बिराएँ

सधैं हिँड्ने गोरेटोमा

म लड्खडाएँ

सुन्दर सीधा यो राजमार्गमा

 

बाधा अड्चन अवरोध

केही नभएको यो बाटो

पुग्न त मेरै आँगनमा पुग्छ

तर पनि मलाई थाहा छैन

यो बाटोले मलाई कहाँ लाँदैछ

 

कहाँ छ त्यो धर्तीको स्वर्ग

जसलाई म सपनामा देखिरहन्छु

 

एक पछि अर्को

पछि अर्को गर्दै

बितिरहेछन् यहाँ

दिन महिना वर्षहरु

No comments:

Post a Comment