Sunday, April 23, 2017

रुखो बनाएकै छु, धेरै साल लगाइ

तिमी र म एकै ठाउँ जाँदै थियौैं
तर हामी संगै थिएनौं

तिमी र म एकै शहरमा थियौैं
तर पनि संगै थिएनौं

त्यस्तो पहिले कहिल्यै भएको थिएन

मैले त निन्द्रामा  पनि तिम्रै नाम लिएँ रे

अनि मैले थाहा पाएँ

तिमीलाई गुमाउनलाई
निकै अगाडि देखि
रुखो बनाउन खोजेको
मेरो मनले त
मानेकै रहेनछ

तयारी त पुगेकै रहेनछ

(quoting bartika rai in title)

No comments:

Post a Comment